प्रमुख समाचार

प्रदेश एक, दुई, बागमती र गण्डकीमा भारी वर्षा हुने

इकागज |
असार २०, २०७८ आइतबार ७:५९ बजे

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले बिहान बुलेटिन जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो ।

विभागले देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । विभागले प्रदेश नं १, प्रदेश २ र गण्डकी  प्रदेशका  पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


विभागले सोमबार देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार पनि मुलुकभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।  


Author

थप समाचार
x