प्रमुख समाचार

एकै पुस्तामा विद्वान तयार गर्न सकिंदैन : प्रधानमन्त्री

इकागज |
असार २४, २०७८ बिहीबार १७:३ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्‍वान तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुर्वजहरूले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए । 

मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविस्कार गर्दै जानुपर्ने बताए । अनुकुल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने बताए । 


उनले भने, “एक जेनेरेसनमा नै  मेहनत गरेर  विद्धान हुन सकिदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरूले पुर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने  मेमोरि पावर र इन्नोभेटिभ पावर । मेमोरि पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौ ।'

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपुर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविस्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल  भएको भन्दै लगाउने तरिका पनि सुझाए । 

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तीनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नया आविस्कार तथा पराम्परागत औषधीहरूको बेलिविस्तार लगाए ।

उनले पुर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको बताए । 

कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।
 


Author

थप समाचार
x