प्रमुख समाचार

१२ सय ५२ दिनपछि बालकोट सर्दै ओली

इकागज |
असार ३०, २०७८ बुधबार ९:१ बजे

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  बुधबार (आज) आफ्नो निवास जानेछन् । युथ फोर्सले उनलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म १० बजे पछि स्कर्टिङ गर्ने कार्यक्रम छ ।

दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको युथफोर्सले जनाएको छ । एमालेका अध्यक्ष ओलीलाई कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम रहेको पनि छ ।


प्रधानमन्त्रीको रुपमा निर्वाचित भएपछि १२ सय ५२ दिन बालुवाटारमा बसेका थिए । एक महिनासम्मा राजनीतिमा तलमाथि नभएमा ओलीको बसाई अब बालकोटमा हुनेछ ।

यतिखेर उनको घर वरिपरी तथा चोकमा समेत सुरक्षाकर्मी तैनाथ छन् । घरको गेटमा पहरा दिइरहेका सुरक्षाकर्मी र केही थान कार्यकर्ता ओहोरदोहोर गरिहेका थिए । पछिल्लो पटक ओली आफैँले गरेको संसद विघटनले उनलाई सत्ता छाडन् बाध्य बनाएको थियो । सर्वोच्च अदालतको परमादेशबाट उनी प्रधानमन्त्री पदबाट मुक्त भएका थिए ।

ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए । २०७८ असार ३० गते बालुवाटारबाट उनी आफ्नो निवास जाने भएका हुन् ।


Author

थप समाचार
x