प्रमुख समाचार

विजय गच्छदारलाई धरौटीमा छोड्ने अदालतको आदेशको पूर्ण पाठ

इकागज |
असार ३०, २०७८ बुधवार १९:३८ बजे

काठमाडौँ  : पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।  उनका कानुन व्यवसायीका ललित बस्नेतकाअनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुझाएर बुझाएर उनी छुटेका हुन्। बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय लिएको हो ।  यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा  चलाएको थियो ।


उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्‍न भएको आयोगले अभियोग लगाएको थियो । गच्छदार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति हुन् । 

 


Author

थप समाचार
x