प्रमुख समाचार

राष्ट्रिय जनमोर्चा देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

इकागज |
असार ३०, २०७८ बुधबार २०:१८ बजे

फाइल तस्बिर

काठमाडौँ : पाँच दलीय गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चा केन्द्रीय कार्यालयको बैठले सरकारलाई समर्थन गर्ने देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय  गरेको छ । 

'ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ,' बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।'


बैठकले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन, नागरिक समाज, विभिन्‍न संघ संस्था, संचारजगत् लगायतको आन्दोलनको बलमा तथा सर्वोच्च अदालतद्वारा यही २८ गते जारी गरिएको परमादेश सहितको फैसलाबाट केपी ओलीले देशमाथि लादेको प्रतिगमन परास्त भएको निष्कर्ष निकालेको छ । 


Author

थप समाचार
x