प्रमुख समाचार

ज्योतिषीको सल्लाह अनुसार प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

इकागज |
असार ३१, २०७८ बिहीबार १४:४९ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार सर्ने निश्चित भएको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले मंगलबार निर्धारित समयभन्दा दुई घण्टा ढिलागरी शपथ लिएका थिए । देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा नियुक्ति पत्रमा संविधानको धारा उल्लेख नगरेको कारण । 

ज्योतिषीले जुराएको साइत अनुसार उनी शुक्रबार सरकारी निवास बालुवाटार सर्न लागेका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारी निवास छोडिसकेका छन् । सरकारी निवासको भित्री व्यवस्थापन मिलाएर प्रधानमन्त्री देउवा सर्न लागेका हुन् । उनी बस्‍ने, खाने, आराम गर्ने सबै स्थानबारे परिवारको सदस्यले आएर हेरिसकेका छन् । 


सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको संसद विघटनलाई बदर गर्दै मंलबार पाँच बजेसम्मको समयसीमा तोकेर नै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएकाले पनि बाध्य भएर भण्डारीले देउवालाई मंगलाबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

उनले नियुक्ती गर्दा समेत झेल गरेकी थिइन । संविधानको धारा कोट नै नगरी नियुक्त गराउँदा उनी आफैँ विवादमा परेकी थिइन । देउवाले धारा काेट नगरी  दिएको पत्रमा शपथ नखाने भनेर अडान लिएपछि उनले धारा काेट गरेकी थिइन् । 


Author

थप समाचार
x