प्रमुख समाचार

पुनःस्थापित प्रतिनिधि सभा बैठक आज, यस्ता छन् एजेण्डा

इकागज |
साउन ३, २०७८ आइतबार ७:६ बजे

काठमाडौँ- पुनःस्थापित प्रतिनिधि सभाको आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह चार बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।


यस्तै राष्ट्रिय सभा बैठक पनि आजै अपरान्ह चार बजेका लागि बोलाइएको छ । 

संसद् सचिवालयले बैठकका लागि एजेण्डासमेत तय गरिसकेको छ । शनिबार बेलूकी सार्वजनिक भएको कार्यसूचीअनुसार अपरान्ह ४ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने कार्यतालिका छ ।

त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्वसांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको विज्ञप्तिमा उल्लेख छ । 
 


Author

थप समाचार
x