प्रमुख समाचार

विश्‍वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया आजै सक्ने तयारीमा संसद्

इकागज |
साउन ३, २०७८ आइतबार १२:७ बजे

काठमाडौँ - प्रतिनिधि सभाको कार्यव्यवस्था पराशर्म समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया आजै सक्ने सहमति गरेको छ । 

सिंहखरबारस्थित संसद् सचिवालयमा बसेको बैठकले प्रतिनिधि सभाको आजबाट सुरु हुने अधिवेशनको दोस्रो बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु गरी आजै सक्ने निर्णय लिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 


सभामुख सापकोटाले बैठकमै सचिवालयका पदाधिकारीहरूलाई सम्पूर्ण प्रक्रिया सुरु गर्न सचिवालयलाई निर्देशन दिएका हुन् । पुनःस्थापित संसद्को पहिलो बैठकमा सरकारी विधेयक पेस गर्ने कार्यसूची छ । 
 


Author

थप समाचार
x