प्रमुख समाचार

भारतलाई उछिन्दै शान्ति सेना पठाउने दोस्रो मुलुकमा नेपाल

इकागज |
साउन ३, २०७८ आइतबार १९:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्र संघ अन्तरगत अधिक शान्ति सेना पठाउने मुलुकमा नेपाल एक स्थान उक्लिँदै दोस्रोमा पुगेको छ । राष्ट्रसंघका अनुसार, तीन महिना अघिमात्र नेपाल तेस्रोमा उक्लेको थियो ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी गरी  ५ हजार ५ सय ७१ जना विभिन्‍न शान्ति मिशनमा तैनाथ छन् । नेपालले झण्डै १० हजारसम्म आफ्नो सेनालाई त्यहाँ पठाउन सक्नेछ । 

यतिबेला राष्ट्रसंघमा शान्ति सेना अधिक पठाउने मुलुकमा बंगलादेश छ । विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रहरुमध्ये प्रथमदेखि पाचौँ स्थानमा क्रमशः बंगलादेश (६५५४), नेपाल (५५७१), भारत (५५२५), ईथियोपिया (५४८८) र रुवान्डा (५३३१) रहेका छन् । सेनाका अनुसार हाल नेपालका तर्फबाट राष्ट्र संघको विभिन्न १२ शान्ति स्थापनार्थ मिशनहरुमा सहभागी भईरहेको छ ।



Author

थप समाचार
x