प्रमुख समाचार

सहसचिव त्रय शर्मा, घिमिरे र पोखरेल सचिवमा बढुवा

इकागज |
साउन ४, २०७८ सोमवार २०:४८ बजे

काठमाडौं- मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फका दुई र प्राविधिकतर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

प्रवक्ता कार्कीका अनुसार ज्येष्ठताका आधारमा किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । जेष्ठताका आधारमा शर्माको मात्रै सचिव बढुवा गर्न सिफारिस बढुवा सिफारिस समितिले गरेको थियो ।


त्यस्तै कार्यसम्पादनतर्फ घिमिरेसँगै हरिप्रसाद मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस भएको थियो । प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा भएका छन् । 


Author

थप समाचार
x