प्रमुख समाचार

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

इकागज |
साउन ५, २०७८ मंगलबार १८:४७ बजे

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । बोर्डको आज बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा गर्ने निर्णय गरेको हो । 

परीक्षा भदौ ९ गतेसम्म चल्नेछ। कोभिड-१९ महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो।



Author

थप समाचार
x