प्रमुख समाचार

देउवा र दाहालले सँगै कुरा गरे खनालसँग

इकागज |
साउन ५, २०७८ मंगलबार १९:१५ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग मंगलबार टेलिफोन वार्ता गरेका छन् । नेता द्वयले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दाहाल निवासबाट दिल्लीमा रहेका खनालसँग कुराकानी भएको हो । खनाल दिल्लीमा उपचाररत छन् । 

उनको उपचारमा लाग्‍ने खर्च सरकारले व्यहोर्ने निर्णय भइसकेको छ । ढुक्कले उपचार गराएर स्वास्थ भएर फर्कन दुई नेताले शुभकामनासमेत दिएका छन् । खनालको उपचारमा हुने खर्च सरकारले दिने जानकारी पनि देउवा र दाहालले जानकारी दिए । 


प्रधानमन्त्री देउवा दाहाल पत्‍नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खुमलटार पुगेका थिए । खुमलटारमा अन्य छलफल पनि भएको थियो । छलफलमा सरकार विस्तार र जिम्मेवारी तोक्ने विषय उठेको थियो  । सोही क्रममा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यको जानकारीसँगै कार्यविभाजनमा उनको सुझाव लिन खोजिएको हो । 
 


Author

थप समाचार
x