प्रमुख समाचार

आज पीपुल्स भोलेन्टियर घोषणा गर्दै नेपाल समूह

इकागज |
साउन ७, २०७८ बिहीबार १०:४९ बजे

फाइल तस्बिर

काठमाडौँ-  नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो । 

पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए । त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।



Author

थप समाचार
x