प्रमुख समाचार

स्वास्थ्यले भन्यो : संक्रमण बढ्न सक्छ, अक्सिजन र बेड तयार गर्नू

इकागज |
साउन ७, २०७८ बिहीबार १५:२१ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउने भन्दै स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई अक्सिजन, बेड र आवश्यक पूर्वाधार तयारी गरेर राख्‍न निर्देशन दिएको छ । केही दिन यता बढेको संक्रमितको संख्याले कोभिडको तेस्रो लहर आउन सक्ने संकेत गरेको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएकाले बुझी-नबुझी, लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लघंन भइरहेको मन्त्रालयको सह-प्रवक्ता डा. समिर कुमार अधिकरीले विज्ञप्ति निकालेर जनाएका छन् । 


'एक सातादेखि संक्रमणको दर बढिरहेको छ,' डा. अधिकारीले भने,' पाँच सय भन्दा बढी संक्रमित रहेको १० जिल्ला छन् । दुई सय भन्दा बढी संक्रमितहरू २६ जिल्ला छन् ।'

गत साताको तुलनामा यसै साता बढी संक्रमित थपिएको अधिकारीले जानकारी दिए । संक्रमण बढिरहेकाले रोकथाम तथा नियन्त्रण गर्न सबै नागरिकले जनस्वास्थ्यको मापदण्ड गर्नुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x