प्रमुख समाचार

अब कांग्रेसका बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्‍ने

इकागज |
साउन ७, २०७८ बिहीबार १६:४१ बजे

काठमाडौँ- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबसाल्ने भएका छन् । 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अब पार्टीका बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्‍ने बताए । उनले शुक्रबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको जानकारी दिए ।


'विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने,' महामन्त्री खड्काले सामाजिक सञ्‍जाल ट्‍वीटरमा लेखेका छन्, 'सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानिलकण्ठमा बस्दै ।'


Author

थप समाचार
x