प्रमुख समाचार

भीम रावलले राजीनामा फिर्ता लिए

इकागज |
साउन ८, २०७८ शुक्रबार १२:४४ बजे

काठमाडौँ– एमाले नेता भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल, एमाले उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रावलले राजीनामा फिर्ता लिएको पुष्टी गरेको हो । 

रावलले साउन ३ गते आइतबार प्रतिनिधि सभाको बैठक अघि एमालेका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि त्यसमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए । संसद भवनबाहिर सञ्चारमाध्यमका अगाडि राजीनामा पत्र पढेर सभामुखलाई राजीनामा बुझाउन गएका रावलले राजनीतिक विकृत भएकाले आफूले सांसद पद त्याग गरेको बताएका थिए । उनलाई राजीनामा घोषणा गर्ने क्रममा एमाले नेता सुरेन्द्र पाण्डे लगायतले रोक्न खोज्दा पनि नमानेर राजीनामा दिएका थिए । 


पछि एमाले अध्यक्ष ओलीले रावलको राजीनामा फिर्ता गराउन पहल गरिरहेको केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए । 
 


Author

थप समाचार
x