प्रमुख समाचार

आजदेखि चल्यो लामो दुरीको यातायात

इकागज |
साउन ९, २०७८ शनिबार ८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको छ । खुला भएसँगै आजदेखि लामो तथा मध्यम दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् ।

शुक्रबार काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयले सरकारले तोकेको मापदण्ड पालना गरेर यातायात सञ्‍चालन हुने सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्‍न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ ।


नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीलाई अनुरोध गरेको छ। यात्रुहरूले अनिवार्य टिकट काटेरयात्रा गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।


Author

थप समाचार
x