प्रमुख समाचार

ओली किन सहभागी भएनन् युथफोर्सको भ्याली कमाण्ड घोषणामा

इकागज |
साउन ९, २०७८ १५:४६ बजे

काठमाडौँ - एमालेको साइवर सेनाको दस्ताका रूपमा पटक-*पटक प्रस्तुत भइसकेको युथफोर्सको  भ्याली कमाण्ड घोषणासभामा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।  आन्तरिक एकता कायम गर्न सक्रिय नेताहरूको आग्रहपछि उनी रोकिएको एक नेताले बताए । ओलीले अन्तिम समयसम्म पनि सभामा जाने बताएका थिए । उनी सहभागी नभएपछि कार्की पार्टी प्यालेसमा प्रमुख अतिथिको रूपमा महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् । 

लामो लाइनसहित सहभागी भएका युवाहरूले ओली पार्टीको कामले आउन नसकेको बताइरहेका थिए । त्यहाँ युथफोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने वातावरण मिलाउने काम भइरहेकाले युथफोर्सको भ्याली कामण्डको बैठककम उपस्थित नहुन नेताहरूको आग्रह ओलीले स्वीकार गरेका हुन् । माधव नेपालसँग वार्ता हुन सकेमा पार्टी जोगिने अन्य नेताहरुको बुझाइ छ । 


ADVERTISEMENT

यो कार्यक्रममा अ‍ोलीको उपस्थिति रहने भन्दै प्रचार गरिएको थियो । र्‍यालीका व्यानरमा ओलीका तस्बिरहरू छन् । ओली र नेपाल तथा झलनाथ खनाल पक्षको कटाक्ष चलिरहेको छ । ओली पक्षले युथफोर्सलाई ब्युँताएपछि नेपाल पक्षले अखिल फोर्स बनाएको छ । बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो । भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको हो । 

पार्टी भित्रको विवाद चर्किदै जाँदा एकअर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता दस्ताले सहमतीमा धमिरा लगाउने निश्चित झै देखिन्छ । अखिल युवा संघ जस्ता संगठनलाई ओझेलमा परेर गठन गरिएका संगठनको औचित्य नहुने धारणा एमाले नेताहरूकै छ । 



Author

थप समाचार