प्रमुख समाचार

जसपा यादव समूहको प्रशिक्षण बालकुमारीमा

इकागज |
साउन १०, २०७८ आइतवार ८:८ बजे

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले आज आफू पक्षका कार्यकारिणी समिति सदस्य र संघीय सांसदलाई प्रशिक्षण दिँदैछ । 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो एक बजेका लागि प्रशिक्षण तय गरिएको कार्यकारिणी समिति सदस्य तथा पार्टीको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।


‘हामीले संघीय सांसद र पार्टीका कार्यकारिणी समिति सदस्यहरूका लागि पार्टी कार्यालय बालकुमारीमा दिउँसो एक बजे प्रशिक्षण काणर््क्रम तय गरेका छौं,’ कार्यालय प्रमुख अधिकारीले इकागजसँग भने ।

प्रशिक्षणमा पार्टीको अहिलेको अवस्था, संसदमा कसरी प्रस्तुत हुने, वर्तमान गठबन्धनलाई समर्थन गर्नुको कारण र पार्टीको आधिकारिकताका भइरहेको प्रक्रियाबारे प्रशिक्षण दिइने छ । प्रशिक्षण भने शीर्ष नेताहरूले दिने तय भएको छ । 

जसपा विवाद निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगले सोमबार दुवै समूहका कार्यकारिणी समिति सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएको छ । 

पार्टीको आधिकारिकता दाबी गरेको यादव समूहसंग ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ३२ सदस्य छन् । पार्टीको प्रतिनिधि सभामा निलम्बित बाहेक रहेका ३२ सांसदमध्य १९ सांसद छन् । यसले आधिकारिकता उसकै पोल्टामा पर्ने सम्भावना बलियो देखिएको छ । 
 


Author

थप समाचार
x