प्रमुख समाचार

निर्मला पन्तका हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताको प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

इकागज |
साउन १०, २०७८ आइतबार ९:५६ बजे

काठमाडौँ - सत्ताको नेतृत्वकर्ता पार्टी नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले कञ्‍चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रवक्ता शर्माले आफ्नै पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी नेता गृहमन्त्री खाणको ध्यानाकरषण गराएका हुन् ।

पन्तको हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । तीन वर्ष पुगेकै दिन बिहान ट्‍वीटमा शर्माले लेखेका छन्, 'बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननीय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।'


प्रवक्ता शर्माले बालिका र महिलामाथि हुने बलत्कार र हत्या नियन्त्रण गर्न बारे राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी रहेको ट्‍वीटरमा उल्लेख गरेका छन् । 
'बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्‍न नपरोस्, विशेष तदारुकता बढाऔं !'


Author

थप समाचार
x