प्रमुख समाचार

गण्डकीमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण : डा. कोइराला

इकागज |
साउन १०, २०७८ आइतबार १३:९ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको सरकार गठनमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै  डा. कोइरालाले कांग्रेस लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने उल्लेख गरेका छन् । 

'लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्‍न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो,' डा. कोइरालाले फेसबुकमा लेखेका छन् ।


उनले सामाजिक कुरीतिविरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खित बनाएको बताएका छन् । यो घटनाले सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको कोइरालाको भनाइ छ ।
 
'भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो,' डा. कोइरालाले लेखेका छन् । 

डा. कोइरालाले भोलिका दिन यस्ता निर्णयहरू पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै हेक्का राख्‍न पनि आग्रह गरेका छन् । 


Author

थप समाचार
x