प्रमुख समाचार

मध्यपहाडी लोकमार्गका योजना प्रमुख र ठेकेदारविरुद्ध ६८ लाखको भ्रष्टाचार मुद्दा

इकागज |
साउन १२, २०७८ मंगलबार १८:३० बजे

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा  तत्कालिन आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 


अख्तियारले मुद्दामा योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्र प्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा बिगो मागेको छ । 

एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरिएको अख्तियारले जनाएको छ । त्यसबाट ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना भएको अख्तियारले मुद्दामा उल्लेख गरेको छ । 

अख्तियारले  तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ बिगो मागेको छ ।


Author

थप समाचार
x