प्रमुख समाचार

जसपा कार्यकारिणी समिति अब ३४ सदस्यीय

इकागज |
साउन १२, २०७८ मगलवार १८:५३ बजे

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समिति अब ३४ सदस्यीय भएको छ । आज पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले ३४ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए । 

जसपाको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहलाई सोमबारमात्रै पार्टी विवादमा आधिकारिकता दिने निर्णय निर्वाचन आयोगले गरेको थियो । 


आयोगमा दर्ता ५१ सदस्यीय कार्यकारिणी समितिमा ‘हेड काउन्ट’ मा ३४ जनाले यादव समूहमा देखिएका थिए । बाँकी १६ जना भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा देखिएका थिए ।

महतो समूहमा देखिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाएर ३४ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय भएको राययादवले जानकारी दिए । त्यस्तै बैठकले दलको विधान पारित गर्ने निर्णय पनि गरेको छ । 
 


Author

थप समाचार
x