प्रमुख समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर समूह सर्वोच्च जाने

इकागज |
साउन १२, २०७८ मगलवार १९:४७ बजे

काठमाडौं - निर्वाचन आयोगको अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूह सर्वोच्च अदालत जाने भएको छ । समूहको आज बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता ल

सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए ।


नेता कर्णले आयोगको निर्णयपछि कसरी अगाडि बढ्ने भन्‍ने विषयमा आज कानुन व्यवसायीहरूसँग छलफल गरेको र उनीहरूको सुझाव अनुसार सर्वोच्च अदालत जाने तयारी गरेको इकागजलाई जानकारी दिए । 

सोमबार निर्वाचन आयोगले यादव समूहलाई हेड काउन्टका आधारमा आधिकारिकता दिने निर्णय गरेको थियो । 

‘हाम्रो कानूनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ । अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन । सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौँ । सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि । ३४ र १६ त भन्दियो नि । अलग-अलग हौ भन्दियो नि । यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौँ,’ कर्णले भने । 


Author

थप समाचार
x