प्रमुख समाचार

नागरिकको जीवन रक्षामा सरकार संवेदनशील छ: गृहमन्त्री खाण

इकागज |
साउन १३, २०७८ बुधबार १८:४ बजे

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षामा सरकार संवेदनशील रहेको बताएका छन् । अन्तरपार्टी महिला  सञ्‍जालले बुझाएको ज्ञापनपत्र बुधबार मन्त्रालयमा बुझ्दै खाणले नागरिकले आफ्नो पेशा, व्यवशाय गर्न र स्वतन्त्रतापूर्वक जिउन पाउने अधिकार रक्षाका लागि सरकार प्रयत्‍नशील रहने बताए । 

उनले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार गम्भीर रहेको बताए । 


ज्ञापनपत्रमा सञ्‍जालले पछिल्लो  समय महिला  तथा बालबालिकाहरूमाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटनालगायत जघन्य प्रकारको मानव अधिकार विरोधी कार्य भइरहेकोप्रति गृहमन्त्रीको ध्यानाकर्षण  गराइएको छ । सञ्‍जालले  लकडाउनको समय घरेलु हिँसा बढेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ । 
 
सञ्‍जालकी अध्यक्ष कल्याणी रिजालले महिला हिंसाको निश्पक्ष छानबिन गरि सत्यतथ्यको आधारमा अपराधीहरूलाई हदै सम्मको सजाय र पिडितहरुलाई न्याय दिलाउन र उचित क्षतिपुर्तीको व्यवस्था गर्न माग गरिन् । 


Author

थप समाचार
x