प्रमुख समाचार

जसपाले केन्द्रीय समितिमा फेरबदल गर्न बनायो कार्यदल

इकागज |
साउन १३, २०७८ बुधबार १८:५७ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी(जसपा)ले  केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने भएको छ । आज बसेको कार्यकारिणी समिति बैठकले केन्द्रीय समिति सदस्यहरूको नामावली अध्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ । 

कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव छन् । कार्यदललाई काम सक्न १७ साउनसम्मको समय दिइएको छ । 


बैठकले केही समय अघि पार्टीमा एकीकरण गरेको नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह) का अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्‍ने निर्णय गरेको छ । 
 


Author

थप समाचार
x