प्रमुख समाचार

सत्ता गठबन्धनको बैठक भोलि बिहान, मन्त्रालयको भागवण्डा टुंग्याउने

इकागज |
साउन १३, २०७८ बुधबार १९:३२ बजे

काठमाडौँ - सत्ता गठबन्धनको बैठक बिहीबार बिहान साढे आठ बजे बस्‍ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार भोलिको बैठकमा मन्त्री र मन्त्रालय भागवण्डा टुंग्याउने विषयमा छलफल हुनेछ । बैठकमा शीर्ष नेताहरूलाई मात्रै बोलाइएको छ । 

अहिलेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् । यी दलमध्य एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेका छन् । 


बुधबार बिहान बसेको गठबन्धनको बैठकले मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो । 


Author

थप समाचार
x