प्रमुख समाचार

पौडेल समूहले वडाबाट सिफारिस भएर नआएका सदस्य नमान्‍ने

इकागज |
साउन १९, २०७८ मंगलबार १७:४८ बजे

काठमाडौँ – नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले वडाबाट सिफारिस भएर नआएका क्रियाशील सदस्यलाई नमान्ने भएको छ । नेता प्रकाशमान निवास चाक्सीबारीमा आज बसेको समूहका नेताहरू र केही जिल्ला सभापतिहरूको बैठकले वडाबाट सिफारिस नभइ माथिबाटै थपिएका क्रियाशील सदस्य नमान्ने निष्कर्ष निकालेको हो ।
 
‘हामीले पार्टी विधानको दफा चारमा वडाबाट सिफारिस नभइ क्रियाशील सदस्य भइन्न । तर, यहाँ त छानबिन समितिले वडामा नपुगी आकाश र पातालबाट सदस्य थपिएको छ । त्यसलाई हामी मान्दैनौं,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘त्यो हामीले मान्दैनौं । त्यसका लागि विद्रोह गर्छौ ।’

बैठकले विवाद भएको स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्नु पर्ने नष्किर्ष निकालेको छ । अहिले विवाद भएका स्थानमा वडाबाट सिफारिस भएकालाई मात्र मान्ने उनीहरूको तर्क छ ।  


पार्टीले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको छानबिन प्रतिवेदनमा देखिएका विवादलाई विधानको दफा चार अनुसार समाधान गर्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको केसीले बताए । 

वडाबाट नआएका सदस्यता स्वीकार नगर्ने र त्यसविरुद्ध सचेतना अभियान सुरु गर्ने उनले बताए । 
 


Author

थप समाचार
x