प्रमुख समाचार

आज गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा भारी वर्षाको सम्भावना

इकागज |
साउन २०, २०७८ बुधबार ९:६ बजे

फाइल फोटो

काठमाडौँ : आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै ठाउँमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँमा पनि वर्षाको सम्भावना  छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 


यस्तै बुधबार राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तो छ आगामी तीन दिनको मौसमी बुलेटिन

 

 २०७८ श्रावण २० गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

 

२०७८ श्रावण २१ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्विनी र सुदुर-पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

२०७८ श्रावण २२ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १,बागमती, कर्णाली र  सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहीप्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोलेपहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।


Author

थप समाचार
x