प्रमुख समाचार

पूर्वप्रधानमन्त्री खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण

इकागज |
साउन २०, २०७८ बुधबार १५:३१ बजे

तस्बिर सौजन्यः सुनिल दाहाल

काठमाडौँ - एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधान्त्री झलनाथ खनालको दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ।

एपोलो अस्पतालका डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गरेको उनको सचिवालयले जनाएको छ । उनको नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो । 


ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते थप उपचारका लागि दिल्ली लगिएको थियो ।


Author

थप समाचार
x