प्रमुख समाचार

हामी एकताकै पक्षमा छौँ तर, ओली केके बोल्दै हिड्नु हुन्छ : भीम आचार्य

इकागज |
साउन २१, २०७८ बिहीबार १४:२७ बजे

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता भीम आचार्यले आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । नेपाल समूहले डाकेको केन्द्रीय कमिटीको बैठकमा केहीबेर मात्रै सहभागी भएर बाहिरिएका नेता आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका हुन् । 

‘एकताको विकल्पै छैन । जतिसुकै बोल्ड भए पनि परिस्थिति परिपक्क भएपछि बोल्ड निर्णय हुने हो । ओली पक्ष आएपछि हामी एकताका लागि तयार नै छौँ,’ उनले भने, ‘तर, उहाँले केके बोल्दै हिँड्नु हुन्छ । मूल अड्केको पावर ब्यालेन्स लगायत विषय हुन् ।’


पार्टी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदामा धेरैको असन्तुष्ट भए पनि त्यसलाई दुवै पक्षले स्वीकार्नुपर्ने उनको भनाइ छ । १० बुँदा नै एकताको आधार भएको उनको ठहर छ ।  


Author

थप समाचार
x