प्रमुख समाचार

वलीलाई अपहरण गरेको भए मोबाइल हुन्थेन, सिमकार्ड खोसिन्थ्यो होला : भूमेश्‍वर ढकाल

इकागज |
साउन २१, २०७८ बिहीबार १५:३९ बजे

बुटवल -  नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न जान्छु भनेपछि आफ्नै गाडीमा राखेर बुटवल ल्याएको बताएका छन् । 

बिमला वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई भूमिश्वर ढकाल र दाङका एमाले नेता मानबहादुर राउतले बुटवल नजाने भन्दाभन्दै जबरजस्ती अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्‍याएको बताइकी थिइन् । ढकालले भने वलीकै आग्रहमा ल्याएको बताए । ढकालले वलीले लगाएको आरोप अस्वीकार गरे ।


उनले भने, 'पार्टी अध्यक्ष केपी शर्मा ओलीले वलीलाई कारबाही गर्न स्पष्टीकरणको पत्र काटेपछि म त्यो पत्र लिएर उहाँलाई बुझाउन दाङ गएको हुँ । पत्र हेरेपछि एकपटक मुख्यमन्त्रीलाई भेट्छु भनेपछि गाडीमै बसेर बुटवल आउनुभएको हो '

अपहरण गरेको भए वलीसँग मोबाइल कसरी हुन्थ्यो भन्दै प्रतिप्रश्न पनि गरे ।  ढकालले  भने, 'उहाँलाई अपहरण गरेको भए त मोबाइल कसरी हुन्थ्यो ? सिमकार्ड खोसिन्थ्यो होला । यो अपहरण होइन । बाँकी कुरा प्रेस मिट गरेर सार्वजनिक गर्छौं ।'


Author

थप समाचार
x