प्रमुख समाचार

'सरकारको न्यूनतम साझा कार्यक्रम संसद् छलेर किन ल्याइयो'

इकागज |
साउन २६, २०७८ मंगलबार १४:३३ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम संसद छलेर ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै ओलीले स‌ंयुक्त सरकारले बाहिरै साझा कार्यक्रम सार्वजनिक गरेको आरोप लगाए । 

'संसद्को अधिवेशन चालू छ । आज प्रतिनिधि सभा बैठक बोलाइएको छ । तर २४ गते बाहिरबाट सरकारले आफ्ना साझा कार्यक्रम ल्यायो । किन संसद्‍मा प्रस्तुत गर्न सकेन,' ओलीले संसद्‍मा भने, 'यसअघि मेरो नेतृत्वको सरकारले केही गर्दा त संसद् छलियो भनिन्थ्यो । अहिले किन बाहिरबाट ल्याइयो ।'


उनले संयुक्त सरकारको कार्यक्रम भनेपछि साझा कार्यक्रम किन भन्न पर्‍यो भनेर ओलीले प्रश्न गरे । सरकारको कार्यक्रममा सत्ताको नेतृत्वकर्ता कांग्रेसको अनुहार नदेखिएको उनको भनाइ थियो । 


Author

थप समाचार
x