प्रमुख समाचार

'चैतसम्म खोप लगाउने भनेर फागुनको निर्वाचन नगर्न खोज्या हो'

इकागज |
साउन २६, २०७८ मंगलबार १४:५५ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले सरकारलाई आगामी फागुनमा निर्वाचन नगर्न खोज्या हो भनेर प्रश्न सोधेका छन् । प्रतिनिधि सभा बैठकमा धारणा राख्दै ओलीले कोभिड-१९ विरुद्धको खोप चैतसम्म लगाउने भनेर फागुन निर्वाचन नगर्न त खोज्या होइन भनेर प्रश्न गरेका हुन् । 

सरकारले साझा कार्यक्रममा खोपलाई महत्वपूर्ण योजनाका रुपमा राख्‍न खोजेको भन्दै यो अहिलेको कुरा भएको बताए । आफू नेतृत्वको सरकारले नै खोपको व्यवस्था गरेको भन्दै सबैलाई लगाउन  ढिला नगर्न आग्रह गरे ।


सबैलाई निःशुल्क खोप अघिल्लो सरकारले व्यवस्था गरेको भन्दै झुट कुरा गर्ने ? भनेर प्रश्न समेत गरे । 'खोप त ल्याइ दिएको छ । थुपारदिएको छ । चैतसम्म किन पर्खिने लगाउनस् न,' ओलीले भने ।

उनले कोभिड छ भनेर असंवैधानिक काम नगर्न चेतावनी दिए । 


Author

थप समाचार
x