प्रमुख समाचार

संसद्को विजनेशबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

इकागज |
साउन २६, २०७८ मगलवार १६:५८ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

छलफलमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।


छलफलमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ पनि सहभागी थिए । 


Author

थप समाचार
x