प्रमुख समाचार

कुलमानविरुद्ध शाक्यले हाले सर्वोच्चमा रिट

इकागज |
साउन ३२, २०७८ सोमबार १६:४१ बजे

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुनर्वहालीको माग गर्दै आज सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभई यसको पदपूर्ति र बर्खास्ती राजनीतिक पदमा जस्तो राजनीतिक निर्णयका आधारमा हुन नसक्ने जिकिर गर्दै कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गरेका छन् ।


शाक्यलाई सरकारले गत साउन २७ गते जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रुपमा नियुक्त गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

शाक्यले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, प्राधिकरण र घिसिङलाई विपक्षी बनाएका छन् ।
 


Author

थप समाचार
x