शुक्रबारदेखि काठमाडौंमा 'प्लसटु'का विद्यार्थी र ४० वर्षमाथिकालाई खोप (सूचीसहित)
काठमाडौँ – शुक्रबारदेखि काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा पाउने भएका छन् ।
१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए । शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले जानकारी दिए । खोप अभियान ४ भदौदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।
यी हुन् खोप केन्द्रहरू :
–सशस्त्र प्रहरी अस्पताल, बलम्बु
–वीरेन्द्र सैनिक अस्पताल, छाउनी
–नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
–राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
–वीर अस्पताल, रत्नपार्क
–निजामति कर्मचारी अस्पताल, वानेश्वर
–शिक्षण अस्पताल, महाराजगञ्ज
–परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
–काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र
–अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
–आवश्यकताअनुसार पालिकाले तोकेको थप खोप केन्द्र
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया