प्रमुख समाचार

आज पाँच प्रदेशमा पानी पर्ने

इकागज |
भदौ ४, २०७८ शुक्रवार ६:५२ बजे

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ । विभागले बिहानपूर्वानुमान बुलेटिन निकाल्दै प्रदेश-१, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ।

मुलुकभरका अन्य स्थानमा पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको तथा न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले सामान्य देखि पूर्ण बदली रहेको विभागले बताएको छ । 


विभागले दिउँसो प्रदेश-१, कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। त्यस्तै राति पनि प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । 

शनिबार प्रदेश-१, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षा हुने सम्भावना रहेका स्थानहरूमा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


Author

थप समाचार
x