प्रमुख समाचार

जबरजस्ती करणी आरोपित गाउँपालिका अध्यक्ष शुक्ला धरौटीमा रिहा

इकागज |
भदौ ८, २०७८ मंगलबार १९:४८ बजे

बुटवल - जबरजस्तीकरणी उद्योग आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको जानकारी दिए । ‘आज दुवै पक्षको बहसपछि अदालतले उहाँलाई धरौटी रकम मागेको थियो,’ उनले भने, ‘आदेश बमोजिमको रकम बुझाएर रिहा हुनुभएको छ ।’


थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासीनीको इजलासले  शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले अफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए । प्रहरीले करिब दुई हप्ताको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो ।

सरकारी वकिल कार्यालयले सोमबार अदालतमा शुक्लाविरुद्ध जवर्जस्तीकरणी उद्योगमा अभियोग दायर गरेको थियो । 


Author

थप समाचार
x