प्रमुख समाचार

यूएई पश्चिम एसियाको स्विजरल्याण्ड !

राम रिसाल |
भदौ ९, २०७८ बुधवार १८:१८ बजे

युनाइटेड अरब ईमिरेट्स (यूएई) यतिबेला पश्चिम एसियाको स्विजरल्यान्डझैँ भएको छ । विभिन्न मुलुकका राजनीतिज्ञ देखि उनीहरूका नातेदारसम्म ठूलो धानराशीका साथ यूएई पुग्ने भएपछि यस मुलुकलाई यूएईसँग दाँज्‍न थालिएको हो । 

हालै मात्र अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी सरकारी ढुकुटीको करिब १६ करोड ६९ लाख अमेरिकी डलर युएई पुगेको बताइएको छ । ताजकिस्तानका लागि अफगानी राजदूत जहीर अघबा र काबुलस्थित रुसी दूतावासका प्रवक्ता निकिता इस्चेन्कोका अनुसार घानीले चार कार र एक हेलिकप्टरभरि रकम लिएर युएई उडेका थिए । 


कुनै समय थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा र उनकी बहिनी यिगंलक पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसरफ, स्पेनका पूर्वराजा हुवाँ कार्लाेस, प्यालेस्टाइनका पूर्वसुरक्षा प्रमुख मोहम्मद दलान लगायतले पनि युएईमा शरण लिएका थिए । शरण लिँदा आ-आफ्ना मुलुकबाट लगिएको धन युएईमै लुकाइने भएपछि यस मुलुकलाई अवैध धन लुकाउन मिल्ने मुलुकका रुपमा व्याख्या गरिदैँछ । 

यसरी अवैध लुकाउन पाएपछि शरण लिनेहरुले युएईका दुबई लगायतका सहरमा सुविधासम्पन्न जीवन बिताउने गरेको विदेशी सञ्चार माध्यमहरुले उल्लेख गर्ने गरेका छन् । 

ब्युरो अफ ईन्भेस्टिगेटिभ जर्नलिजमले २०१९ मा तयार पारेको रिपोर्ट अनुसार अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई र त्यहीका अको नेता बुराहुद्दिन रब्बानीले पनि युएईमा अवैध धन लुकाएका छन् । अहम्मद अली मसुदका भाइले पाँच करोड अमेरिकी डलरसहित दुबई उडेको पनि धेरै भएको छैन । 

सन् २०१० को काबुल बैंक घोटालामा मुछिएका करजाईका भाइ महम्मुद र अबदुल हसिन फहिमले पनि दुबईमा फ्ल्याट किनेको आरोप छ । बैंक घोटालामा मुछिएका अरु जेल परेपनि महम्मुद लगायत युएईमा लुके । 

बेलायती सरकारले हालै प्रकाशित गरेको प्रतिवेदन अनुुसार अफगानिस्तानलाई गरेको अधिकांश आर्थिक सहयोग तल्लो तहसम्म पुगेन । यस प्रतिवेदनले विदेशी दाताले गरेको एक अमेरिकी डलर सहयोगमध्ये २० सेन्ट मात्र लक्षितवर्गमा पुगेको दाबी गरेके छ । बाँकी सहयोग भने त्यहाँका राजनीतिज्ञले मुलुकबाट बाहिर पु¥याएको अनुमान गरिन्छ । 


 


Author

थप समाचार
x