प्रमुख समाचार

महन्थ ठाकुर नेतृत्वको लोसपाले पायो निर्वाचन आयोगबाट प्रमाण पत्र

इकागज |
भदौ ९, २०७८ बुधबार २१:१५ बजे

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाण पत्र पाएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट विभाजित भएका ठाकुर आफूपक्षीय सांसद् र केन्द्रीय कार्यकारिणी समिति सदस्यको साथमा दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोग पुगेका थिए ।

राजनीतिक दल दर्ता नम्बर १६७ मा यो दल बुधबार दर्ता भएको हो ।


सुरुमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नाम राखेकोमा सो नामलाई आयोगले अमान्य ठहर गरेपछि नाम सच्याउँदै ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी राख्‌‌‍ने निर्णय गर्दै आयोगमा निवेदन दिएका थिए । जसमा आयोगले दल दर्ताका लागि सनाखत गर्न सबै पदाधिकारीलाई आयोगले बुधबार बिहान ११ बजे बोलाएको थियो ।

आयोगले तोकेकै समयमा ठाकुर पक्षका १७ केन्द्रीय सदस्य र १४ सांसद उपस्थित भएर सनाखत गरेका थिए । नयाँ दल दर्ताको आवश्यक प्रक्रिया पूरा गरेपछि यो दलले आयोगबाट बुधबार राति प्रमाणपत्र पाएको हो ।


Author

थप समाचार
x