प्रमुख समाचार

मौसम पूर्वानुमान: देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

इकागज |
भदौ १६, २०७८ बुधबार ७:२१ बजे

काठमाडौं - आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ । दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।   

बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



Author

थप समाचार
x