प्रमुख समाचार

शेखर कोइरालाको अपील : अब गुट र गिरोह समाप्त गर्न सफल हुनुपर्छ

इकागज |
भदौ १८, २०७८ शुक्रबार ८:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- शुक्रबार ५६ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेता/कार्यकर्तालाई अपील गरेका छन् ।

विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको उल्लेख गरेका छन् । 'हामीले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ' कोइरालाले अपीलमा भनेका छन् 'कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४‍औँ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।'


१४‍औँ महाधिवेशनमा नेताहरू,लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ती सहिदहरू, द्वन्द्व पीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएकाहरूको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्ने जिम्मेवारी रहेको अपीलमा उल्लेख छ । सामान्य गल्ती र कमजोरीले पनि कांग्रेसको इतिहासप्रति न्याय गर्न नसक्‍ने र भविष्यका पुस्ताको लागि कांग्रेस असान्दर्भिक हुनसक्‍ने अपीलमा भनिएको छ ।


Author

थप समाचार
x