प्रमुख समाचार

एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेक भेटघाट बन्द

इकागज |
भदौ १९, २०७८ शनिबार १०:४० बजे

फाइल तस्‍बिर

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए । नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।



Author

थप समाचार
x