प्रमुख समाचार

‘कूटनीतिक नोट’पछि मानवअधिकार आयोगको गृहलाई ध्यानाकर्षण

इकागज |
भदौ २२, २०७८ मंगलबार २०:५७ बजे

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता सहसचिव डा. टिकाराम पोखरेलले  मंगलबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा गृह मन्त्रालयका विज्ञप्तिले संविधानको धारा १७, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विचार र अधिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको र मन्त्रालयका विज्ञप्तिहरूबाट नागरिकको शान्तिपूर्ण रुपमा प्रदर्शन सहभागी हुन पाउने अधिकार कुण्ठित गरेको उल्लेख छ । 


गृह  मन्त्रालयले १५ साउनमा महाकाली नदीमा तुइन तर्ने बेलामा  बेपत्ता भएका जयसिंह धामीबारेको घटना र मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजनाका विषयलाई लिएर भएका प्रदर्शनलाई लक्षित गरेर शुक्रबार र आइतबार विज्ञप्ति जारी गरेको थियो । 

स्मरण रहोस् तुइन घटनाबारे गृहले बनाएको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिस कार्यान्वयन सम्बन्धमा १६ साउनमै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । परराष्ट्रले सोमबार भारतलाई सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही, बेपत्ता परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेको छ । 


 


Author

थप समाचार
x