प्रमुख समाचार

एमालेले बोलायो केन्द्रीय समिति बैठक

इकागज |
भदौ २६, २०७८ शनिबार १८:३६ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज बसेको स्थायी समिति बैठकले असोज ८ र ९गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । 

विधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी  बस्‍ने भट्टराईले जानकारी दिए ।  


विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ । 


Author

थप समाचार
x