प्रमुख समाचार

नेकपा (एकीकृत समाजवादी) रोजेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अदालतको आदेश

इकागज |
भदौ २७, २०७८ आइतबार १४:५४ बजे

काठमाडौँ – नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)को अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अदालतले आदेश जारी गरेको छ । 
एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यसबेलासम्म उनीहरुमाथि कारबाही नगर्न र नगराउन आदेश दिएको हो ।   



 


Author

थप समाचार
x