प्रमुख समाचार

माधव नेपालसहित १५ सांसदविरुद्धको रिट हेर्न नभ्याइनेमा

इकागज |
भदौ २८, २०७८ सोमवार १३:५५ बजे

काठमाडौँ – नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । 


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर रिट हेर्न नभ्याइनेमा परेको हो । न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको संयुक्त इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको हो । 
 


नेकपा एमालेले कारबाही गरेर साधारण सदस्य र संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको आरोप लगाउँदै सर्वोच्चमा रिट दायर गरेको थियो ।
  
 


Author

थप समाचार
x