प्रमुख समाचार

अब एसपी घिमिरेको नेतृत्वमा रौतहट प्रहरी

इकागज |
भदौ २९, २०७८ मंगलबार ७:३२ बजे

कैलाली- प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा विनोद घिमिरेलाई पठाएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा कार्यरत एसपी घिमिरेले सोमबारदेखि नै रौतहटको कमान्ड सम्हालेका छन । 


यसअघि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछि प्रहरी मुख्यालयले उनलाई कारबाहीस्वरुप फिर्ता बोलाएको थियो ।

शाह तानिएपछि रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए । रौतहट जान धेरैलाई भनिएपनि विवादित जिल्ला भनेर जान इन्कार गरिएको बताइएको छ । प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको थियो । 

एसपी घिमिरे नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरेका घिमिरेले डीएसपीको रुपमा डडेल्धुराको सफल कमाण्ड गरेर बिदा हुँदा २६ किलोको मालासहित नागरिक अभिनन्दनले सम्मानित भएका थिए  ।


Author

थप समाचार
x