प्रमुख समाचार

सोडारी एकीकृत समाजवादी सुदूरपश्‍चिम दलको नेता चुनिए

इकागज |
भदौ २९, २०७८ मंगलबार १८:४९ बजे

कैलाली - नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्‍चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चुनिएका छन् । पार्टीको आज बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । 

सोडारीलाई सर्वसम्मत दलको नेता चुनिएको एकीकृत समाजवादीका नेता तारा लामा तामाङले बताए । 


एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ सांसद छन् ।


Author

थप समाचार
x